Wednesday, June 8, 2016

नवलपरासीको धौवादीमा भेटिएको फलाम खानीको सरकार आफैले उत्खनन गर्ने


उत्तरका सेता हिमाल र दक्षिणको अन्नको भण्डार मात्र नभई नेपालका माटो भित्र खोजे जे पनि पाइन्छ । मेहनत गरे जे पनि उमार्न सकिने यो माटो भित्र अझै धेरै खनिजहरु लुकेर बसेका छन् , मात्र उत्खनन्, अनुसन्धान र प्रतिबद्धताको कमी छ । तर, सरकार यति बेला आत्मनिर्भर बन्ने क्रममा यसरी भेटिएका खानीहरुको प्रयोगमा ल्याउन लागि परेको छ । ६ वर्ष अगाडि खानी तथा भूगर्भ विभागले पुष्टि गरेको नवलपरासीको धौवादी ३ पोखरीस्थित फलामखानीको उत्खनन गर्न लागि परेको छ । खानी उत्खनन गरिने भएपछि स्थानीयवासी भने हर्ष न विस्मातमा छन् । -प्रदीपराज दाहाल
विंसं २०५६ सालमा प्रारम्भिक सर्वे गरेको नवलपरासी जिल्लामा सुरुमा कोइलाखानीको रुपमा अनुसन्धान गर्न आएको एक विदेशी टोलीले आउँदा फलामखानी भएको पुष्टि गरेको थियो । पछि फेरी सरकारको खानी तथा भूगर्भ विभागका प्राविधिक टोलीले यस विषयमा अध्ययन गर्दा ६ वर्ष पहिले यो फलामखानी भएको पुष्टि गरेको थियो । दुई किलोमिटरको क्षेत्रमा झन्डै चार करोड मेट्रिक टन फलाम रहेकाले बाँकी ८ किलोमिटरलाई पनि प्राथमिकता साथ काम गरेर लैजाने र डेढ दुई वर्ष भित्र सरकार आफैले सञ्चालनमा गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले  बताउनुभयो ।
सोमप्रसाद पाण्डे , मन्त्री उद्योग
 त्यसैगरी अध्ययनका लागि गएको प्राविधिक टोलीले खानीमा भेटिएका ढुङ्गाको अध्ययन गर्दा च्यानल सेम्पलिङमा  ५८ प्रतिशतमा फलाम निकाल्ने तत्व रहेको निष्कर्ष निकालेको  छ ।
तर, सरकारले खानीको उत्खनन सुरु गर्ने भने पछि यति बेला स्थानीवासीहरु हर्ष र विष्मातमा छन् । सरकारले उत्खनन सुरु गर्ने भएपछि यहाँको कच्ची सडक बन्ने र ओहोरदोहोर गर्न सजिलो हुने हर्ष एकातिर छ  भने उत्खननपछि यहाँको बस्तीहरु विस्थापित र पहिचान विहीन त्रासले पनि उनिहरुलाई उत्तिकै सताएको छ ।
तर, स्थानीयको दुःख यो मात्र नभई उनीहरु यहाँ फलामको खानी भएको पत्तो पाएपछि खानेपानीमा पनि फलामको मात्रा बढी हुने डरले पिउने पानीका लागि १४ किलोमिटर तल झरेर पानी ओसार्न बाध्य छन् । पुर्वमा नाम्जाकोट, पश्चिममा धौवादी र उत्तरमा ल्हापे र दक्षिणमा रुम्सीसम्म फलामखानीको क्षेत्र रहेको छ । तर, अझै पनि यो खानीको उत्खनन हुने र यसको प्रयोगमा आएर देशको अर्थतन्त्रमा सहयोग पुग्ने कुरा शंकामा नै छ । यस अघि पनि विभिन्न जिल्लामा खानी नभेटिएको होइन र योजना पनि नबनेका होइनन् । तर,ती सबै व्यवहारको कसीमा कमजोर बने । धौवादीमा भेटिएको फलामले भने अब विदेशी फलामलाई विस्थापित गर्नुपर्छ , आफ्नै माटोको फलामले देशको आर्थिक मेरुदण्ड पनि फलाम झै बलियो बनाउनु पर्छ ।
For full video news Please Click on This Link https://www.youtube.com/watch?v=KCFbiEBtd0E and Don't forget to subscribe 

No comments:

Post a Comment