Thursday, June 9, 2016

साउनदेखि काठमाण्डौं उपत्यकामा फोहोरबाट बिजुली उत्पादन हुन


उर्जा चर्चा र चासोको विषय हो । जलविद्युतको धनी देश लोडसेडिङले आक्रान्त भइरहेकै कारण उर्जा सधै चासो र चर्चाको विषय बनेको हो । केहि महिना अघिदेखि फाहोरबाट बिजुली निकाल्ने कुरा आएसँगै जनमानसमा यसप्रति चासो चुलिएको छ । यहि चासोलाई मध्यनजर गर्दै काठमाण्डौं महानगरपालिकाले श्रावण महिनामा १४ किलोवाट बिजुली फोहोरबाट उत्पादन गर्ने लगभग पक्का भएको छ । 
फोहोरबाट बिजुली निकाल्ने कुरा खासै नौलो होइन । विभिन्न देशले फोहोरको सदुपयोग गरि बिजुली निकालेका छन् । नेपालमा पनि यसअघि फोहोरबाट ग्याँसको उत्पादन भइसकेको छ । फोहोरबाट बिजुलीको उत्पादन गर्न लागिएको भने यो पहिलो पटक हो । हाम्रै छिमेकी भारतमा पनि यो कार्य भइसकेको छ । त्यसैले फोहोरको सदुपयोग गर्न महानगरपालिका लागेको हो ।
सन् २०१४ मा युरोपियन युनियनले खोलेको ग्लोबल टेन्डरमा १ करोड ८२ लाखको टेन्डर नेपालले पाएकाले यसलाई बिजुली उत्पादनमा खर्च गर्ने उद्धश्यले फोहोरबाट बिजुली उत्पादनको कार्य सुरु हुन लागेको हो । महानगरपालिकाले भने यसलाई सफल बनाउने सोच लिएर फोहोरबाट उत्पादित ग्यास भण्डारण गर्न चाहिने मुख्य पावर प्लान्ट भारतबाट मगाएर काम सुरु गरेको छ । पावर प्लान्ट नेपालमा असारको पहिलो सातामा आइपुग्ने छ । टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक तीन सय टन जैविकफोहर आवश्यक पर्ने गर्ने महानगरपालिकाको भनाई छ । उपत्यकामा दैनिक उत्पादन हुने ४ सय ५० टन फोहर मध्ये ६३ प्रतिशत जैविक फोहरलाई सदुपयोग गरेर १४ किलोवाटबिजुली बिजुली निकाल्न लागिएको हो । उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरेर परिक्षण गरिने महानगरपालिकाको भनाई छ । सामाग्रीको समयमा आयात नहुँदा बिजुली निकालिने काम श्रावणमा मात्र हुने महानगरपालिकाको भनाई छ ।  
फोहोरबाट बिजुली उत्पदान गर्न कुहिने फोहोरलाई छुट्टयाएर भण्डारण गरिन्छ । त्यसलाई अत्याधुनिक प्रविधि पि.एच काउण्टरमा राखेर कुहाइन्छ । त्यसपश्चात, एउटा ठूलो बेलुनमा त्यसबाट निक्लिने ग्यासलाई भण्डारण गरिने र त्यसभित्र रहेको जेनेरेटर स्टार्ट गरेर बिजुली बालिनेछ । जसरी पानीको फोहोरार हावाको बहाबबाट बिजुली निकालिने छ ।
यो त एक सानो परियोजना हो । जलश्रोतको धनी देश भनेर उद्घोष सधै हुने गर्दछ तर  लोडसेडिङले आक्रान्त छ, मुलुक । तर, यस्तै समस्याका बाबजुत थोरै भए पनि यसरी विजुली निकाल्ने काम साँच्चै नै सराहनिय छ । यो नमूना परियोजना सफल भए अझ यसलाई ठूलो आयोजनाका रुपमा अगाडी बढाउन सकिन्छ ।

No comments:

Post a Comment