Wednesday, June 8, 2016

प्रधानमन्त्री ओलीको पानीजहाज प्रसंग हावादारी नभएर सत्य

प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु नेपाली समाजमा हास्य व्यङ्गको विषय बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय यथार्थ भने उल्टो दिशामा हुने गर्छ । मंगलबार ओलीले दिएको ध्वजाबाहक पानी जहाजको कुरालाई निकैले नपत्याएर उडाए तर त्यो भनाइमा सत्य र यथार्थको नजिक छ ।
 आफ्नै पानीजहाज किनेर राष्ट्रिय झण्डा फहराउँदै महासागरमा हुइक्याउने वताएसँगै एकाएक यो विषय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा खुब चर्चा र विवादको विषय बन्यो । तर, प्रधानमन्त्रीको भनाई कुनै असम्भव नभएर सम्भव हुने नै थियो । भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी प्रख्यात भइरहेको बेला भारतीय नीतिका कारण ती कम्पनीका जहाजले पाकिस्तान, बर्मा, चीनलगायतका मुलुकसम्म बिनारोकटोक आवतजावत गर्न पाएका थिएनन् । तर, चिनियाँ पानीजहाज भने आफ्ना मालसामानका साथ निर्बाध रूपमा पाकिस्तान, बर्माहुँदै भारतसम्म सहजै पुग्ने गथ्र्यो । र, नेपालको बाटोहुँदै चिनियाँ सामान भारत गइरहेको तर भारतीय सामान चीन, पाकिस्तानसम्म पु¥याउँन कठिन भइरहेको बेला भारतले आफ्नो व्यापारमा सुधार ल्याउने र नाफा कमाउने अभिप्रायले नेपाली झन्डा र लोगो प्रयोग भएका पानीजहाज चलाउने सोच बनाएको थियो ।
 त्यसमा तत्कालीन राजा वीरेन्द्र शाहको प्रत्यक्ष चासो बढेर गयो र २०२७ सालमा कानुनी रुपमै पानी जहाज खरिद प्रकिृया अघि बढेको थियो । तर, पछि गएर यसले कुनै नेपाललाई सहयोग नपुग्ने भएपछि सम्झौता हुन नसकेको तत्कालीन वाणिज्य मन्त्री नवराज सुवेदी बताउनुहुन्छ ।तर, उहाँका अनुसार पछिल्लो समय चीनसंगको सम्झौताले यो सपना सम्भव हुने बताउनुहुन्छ । 
ऐन , नियम मात्रै बनेकोले गर्दा जहाज खरिद नगरेको कारण ५७ सालमा उक्त ऐन खारेज गरेर पारवहन सम्झौता गरिएको त्यसबेलाका अर्थ सचिव विमल कोइराला बताउनु हुन्छ । उहाँले प्रधानमन्त्रीको सपना तत्कालीन आवश्यकता पुरा गर्दै समृद्ध मुलुक निर्माण गर्नुपर्ने भएको उल्लेख गर्नुभयो । 

यसरी हेर्ने हो भने प्रधानमन्त्रीको कुरालाई हाँस्यास्पद बनाएर सामाजिक सञ्जालमा ख्याती कमाइरहेका सबैले यो जान्नु जरुरी छ कि प्रधानमन्त्रीले भनेका कुरा सबै सम्भावना बोकेको रहेको छ । तर, ती सपना भन्दा पनि अहिलेको मुलभुत आवश्यकता पुरा गर्नुपर्ने तिर प्रधानमन्त्री लाग्नुपर्ने देखिन्छ ।
watch video of this news on https://www.youtube.com/watch?v=DxsUqULC9Ys and don't forget to subscribe

No comments:

Post a Comment