Wednesday, June 8, 2016

काठमाडौंको वसन्तपुरमा दुई बर्ष अघि घटेको एसिड प्रकरण अब भने सबैले विर्सदै,


प्रेममा भोगेको असफलता र अपमानको बदलाले दुई वर्ष अघि निम्त्याएको एसिड आक्रमणको घटनाका पीडित सीमा र संगीता यति बेला स्वतस्फुर्तरुपमा उठने प्रयासमा छन् । तर, उनीहरुमा परेको त्यो बज्रपातमा मल्हम लगाउने आश्वाशन दिएका थुप्रै संघ संस्थाहरु यतिबेला मौन मात्र नभई बाटो फेरे झै भएका छन् । घटना घटेपछि उपचार गरिरहेका उनीहरुमा कुनै पनि संघ संस्थाहरु पछिल्लो समयमा खोज खबर गर्दैनन् । र कतै विलिन भएको आश्वासन अब उनीहरुलाई पूरा नहुने वाचा झै बनेको छ । 
२०७१ साल फागुन १० गते राजधानीको बसन्तपुरमा तीन छात्रामाथि एसिड आक्रमण भएको थियो । जुन अहिले धेरैको सम्झनामा मात्र सीमित छ होला ।दुई वर्ष अघिको सो घटनामा सीमा बस्नेत र हिमु मुखर्जी सामान्य घाइते भए पनि संगीता पुलामीमगर गम्भीर घाइते भइन् । एस्.एल.सी परीक्षाको मुखमा आएको बेला भएको उक्त घटनाले गर्दा संगीताले एस्.एल.सीको परीक्षा दिन पाइनन् । सीमा जो सामान्य घाइते थिइन् उनले भने अस्पतालबाटै एस्.एल.सी दिइन् र उनी अहिले कक्षा ११ सकाएर १२मा अध्ययन गर्दै छिन् । उनीहरु दुईको दुःखमा त्यसबेला उत्रेका विभिन्न संघ संस्थाहरु अहिले जब सुधार हुँदै गएको समयमा भने उनीहरुसँग छैनन् ।
पक्कै पनि कसैलाई आश देखाएर पछि निराशा गर्नुभनेको उनीहरुको दुःखमा रमाउन खोज्नु जस्तै हो । उनीहरुमा परेको दुःखमा साथ दिने हातहरुले अहिले नसम्झिदा उनीहरु दुःख मनाउ गर्छन् । निम्न वर्गाीय परिवारका उनीहरुमा अहिले औषधि किन्न पनि धौधौ परेको छ । आफनो दुःख पोख्ने कुनै निकाय नभइदिदा उनीहरुको दुःख उनीहरुमै सीमित छ । निकै दुःख र पीडामा रहेको कुरा संगीता मगर कि आमाको बोली र उनको रसाएको आँखामा छर्लङ्ग देख्न सकिन्छ ।  
यो मात्र नभई उनीहरुमा अर्को पनि पीडा छ , त्यो हो देशको कानुन र न्याय । उनीहरु एसिड आक्रमणकारी जीवन बिकलाई दिइएको सजाय निकै कम भएको बताउँछन् । संगीताकी आमा हरेक दिन अभियुक्त बिकले सबैलाई मार्ने भनी दिएको धम्कीले आत्तिएकी छिन् । उनी अझै पनि त्यो घटनाले सम्हाल्न सकेकी छैनन् । 
अहिले सम्म पनि उपचार खर्च बापत गृह मन्त्रालयले जनही एक लाख रुपैया दिएको उनीहरु बताउँछन् । जस्ले औषधि खरिदमा केहि मात्र सहयोग पुगेको बताउँछन् । तर दुःखमा सहयोग गर्ने वचन दिएकाहरु हराउदा भने उनीहरुको पीडाले उनीहरुलाई थप भतभती पोल्न थालेको छ ।
Please watch full news on https://www.youtube.com/watch?v=EZqnDgoOzg0 and dont forget to subscribe

No comments:

Post a Comment