Wednesday, June 8, 2016

यस्तो छ सिहंदरवार

मुलुकको मुख्य प्रशासनिक केन्द सिहंदरवारमा आम सर्वसाधारण जनताले प्रवेश गर्न हम्मेसी सक्दैनन् । सर्वसाधारणको लागि निकै जिज्ञासाले भरिएको सिहंदरवार बाहिरबाट हेर्दा जति लोभ लाग्दो छ भित्र त्यत्तिकै कुरुप बन्दै गएको छ । फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा राणा प्रधानमन्त्री चन्द्र शमसेरले सवा सय वर्ष अघि बनाएको यो विशाल भवनको शौन्दर्य खस्कदै गएको छ । 
सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो । यो काठमाडौंको मध्य भागमा अवस्थित छ । यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन् । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएको दरवारमा १ हजार ७ सय वटा कोठाहरू रहेका छन् । जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो । यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो । पछि राणा शासन अन्त्य भएसंगै सरकारी कार्यालयको रुपमा स्थापित गरेर यहाँ प्रशासनिक काम हुन थाल्यो । तर, अहिले आएर सिहंदरवारको त्यो सुन्दरता विलिन हुँदै छ । हरेक मन्त्रालयको अगाडी सुन्दर बगैँचा भए पनि मन्त्रालयको पछाडि फोहोर र काम नलाग्ने थोत्रा सामानहरुको डंगुर छन् ।

मुलुकको वातावरण र त्यसको समस्या समाधान गर्ने मन्त्रालय अगाडी नै फालिएको यस्तो फोहोर, जहाँ छेउमै राखिएको फोहोर फाल्ने भाँडो भन्दा बाहिर छ ।
कतै फोहोरको थुप्रो कतै कवाडी गाडी चाङ, कतै गाजाको खेती, यस्तै छ सिहंदरबारको पछिल्लो स्थिति । तर, सरसफाईको जिम्मा पाएको मन्त्रालय भने यस विषयमा यसरी पन्छिन्छ ।
सबैको कौतुहलको सिहंदरवार मै यस्तो समस्या छन् भने बाहिर कति होलान् । जब सरकारको ध्यान सिहंदरबार भित्रै जादैन भने त्यो भन्दा बाहिर वातावरण शंरक्षणमा सरकार सक्रिय हुन्छ भन्ने सोच्नु हाम्रो नै मुर्खता हुने छ । आफ्नो गाउँ टोल र शहर आफै सफा राखौं ।
watch full news on https://www.youtube.com/watch?v=vWM5pkOBBTE and don't forgot to subscribe

No comments:

Post a Comment