Wednesday, June 8, 2016

सर्वसाधारणको गुनासा सुन्ने हेलो सरकारमा सर्वसाधारणको गुनासोको चाङ

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको हेलो सरकार जहाँ दिनहुँ कयौँ उजुरी आउँछन् । तिनलाई सरकारले गुनासाका आधार र प्रकृति हेरि सम्बन्धित मन्त्रालयमा पठाउने गर्छन् । केहि समययता हेलो सरकार प्रभावविहीन बन्दै गएको भनेर विभिन्न टिका टिप्पणी नभएका पनि होइनन् । तर हेलो सरकारमा अहिले पनि हरेक दिन सर्वसाधारणका गुनासाका चाङ लाग्ने क्रमभंग भएको छैन ।

शिव शर्मा पौडेल
यी हुन् शिव शर्मा पौडेल । लम्जुङ्ग घर भई हाल बागडोल बस्दै आएका ८१ वर्षका यी बृद्ध प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकारको कोठामा दिनहुँ धाउने गर्छन् । उनी सरकारी कर्मचारी त होइनन् तर उनी समस्या लिएर यहाँ हरेक दिन आउँछन् । लरबराएको उनको बोली र अशक्त शरीरको बाबजुत पनि प्रधानमन्त्री कार्यालय धाउँनु उनको दैनिकी नै बनेको छ । उनी हरेक दिनको नया नया समस्या हेलो सरकारमा टिपोट गरेर सम्बन्धित निकायमा पु¥याउने गर्दछन् । उनी आइतबार पनि एउटा समस्या लिएर प्रधानमन्त्री कार्यालय आएका थिए । उनको समस्या बृद्ध भत्तामा सरकारले नपु¥याएको सहयोगको विषय हो । सरकारले बृद्ध भत्तामा चार दिन समय पछि परेको भन्दै ३६५ दिनको बृद्ध भत्ता यस वर्ष पाउनबाट वञ्चित गराएको गुनासो उनकोे हो । उनी हरेक दिन आएपिच्छे ल्याउने गुनासो मध्ये यो अलिक फरक हो ।

हेलो सरकारमा हेलो सरकारको फेसबुक पेज , ट्वीटर र टेलिफोन लगायतका माध्यमहरुबाट सर्वसाधारणको दैनिक सयौंको संख्यामा गुनासा र उजुरी आउँने गरेका छन् । हालसम्म हेलो सरकारमा ४६ हजार ५६ वटा गुनासो आएको तथ्याङ्गक छ । २०६८ साल कात्तिक २२ गते तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको गुनासो नजिकबाट बुझनको लागि खोलिएको हेलो सरकारले धेरै गुनासोहरु सम्बन्धित मन्त्रालयहरुमा चिठी काटेर कारवाही गर्दै आएको छ । सुस्ताएको र प्रभावकारी नभएको भन्ने गुनासो आइरहँदा प्रधानमन्त्री कार्यालयको भने यसमा विमति रहेको छ । गुनासाको प्रकृति हेरेर सम्बन्धित मन्त्रालयमा कार्यान्वयनका लागि पठाइदै आएको कार्यालयको कथन छ । त्यसरी पठाइएका धेरै गुनासाहरु सम्बोधन समेत भएको उसको दाबी छ ।

गुनासा टिपाएर हेलो सरकार क्रियाशील देखाउने र चाङ्ग लगाएर गुनासाका अभिलेख मात्र राख्ने काम ठिक होइन । त्यसको कार्यान्वयन हुन पनि जरुरी छ । हेलो सरकारले काम नगरेको भन्ने पनि होइन । तर टिपेर सम्बन्धित निकायमा पाइएका गुनासाहरुको कार्यान्वयन भए नभएकोबारेमा अनुगमन गर्न जरुरी छ । नभए हेलोे सरकारको काम सर्वसाधारणले निकै आशा र विश्वास गरेर राखेका गुनासाहरु टिपिरहनुमा मात्र सीमित हुने छ ।

पुरा समाचार हेर्न यो लिंकमा क्लिक https://www.youtube.com/watch?v=P5ok6WBRI7k  Don't forget to subscribe

No comments:

Post a Comment