Wednesday, June 8, 2016

नेपालमा सियो बन्छ त ?

नेपालमा एउटा भनाई सदैव प्रचलित छ, नेपालमा सियो पनि बन्दैन भन्ने । यहा ठूला ठूला सिमेन्ट उद्योग छ , यहाँ विभिन्न फलाम उत्पादन गर्ने उद्योग छन् । तर, निकै सानो मानिने र कपडा सिलाउन प्रयोग गरिने सियोको उद्योग छैन भन्दा सबै छक्क पर्छन् । ठूला उद्योग निर्माण गर्ने कल्पना र योजना बोकेको मुलुकमा सियो उत्पादन नहुनुले यही चलनचल्तीको भनाईमा परिवर्तन ल्याउन सकेको छैन पनि । 
तपाईले कपडा सिलाउन प्रयोग गर्ने सियो कहाँबाट आउँछ भन्ने कहिले सोच्नु भएको छ  ? सानो मानिने सियो नेपालमा बन्छ बन्दैन तपाईलाई थाहा छ ?
तर, हामीले प्रयोग गर्ने सियो नेपालमा उत्पादन नै हुँदैन किनकि नेपालमा सियो उत्पादन गर्ने कुनै उद्योग नै छैन । सरकार ठूला ठूला उद्योग निर्माण गर्ने र एक प्रदेश एक औद्योगिक क्षेत्र निर्माण गर्ने उद्घोष गरिरहदा सियो उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्दै कोही पनि अघि सरेका छैनन् । निकै नै फुर्तिका साथ उद्योगहरुलाई संगठनमा बाध्ने उद्योग वाणिज्य महासंघ पनि सियो उद्योग निर्माणको लागि कुनै पनि पहल गरेको पाइदैन । त्यसैगरी, उद्योग मन्त्रालय पनि ठूला ठूला उद्योग खोल्ने भनेर भनिरहेतापनि सियोको उद्योगको विषयलाई लिएर हालसम्म कुनै कदम चालेको देखिदैन । सियोको विषयमा उठेको कुरालाई मध्यनजर गर्दै मन्त्रालय अब सियोको पनि उद्योग बनाउने सोच लिएर अघि बढ्ने आश्वासन प्रस्तुत गर्दछ ।

उच्च अहोदामा बसेकालाई त यस विषयमा ध्यान हुँदैन भने साधारण नेपाली जनतालाई कहाँ हुन्छ । नेपालमा महिनामा २ लाखको सियो भारतबाट नेपालमा आयात हुन्छ तर, नेपालमा सियो उत्पादन गरेर आयात घटाउने सोच सबैको हुनुपर्छ तर अहिले सम्म भएको छैन । आत्मनिर्भरताको अभ्यासमा रहेको नेपालले सियो तिर ध्यान दिन भने सकेको छैन । अवसरभोगीहरुका लागि प्रयोग गरिने सियो बनेर पस्ने र फाँली बनेर निक्सिने भन्ने उखान सर्वत्र चलनमा छ । तर यही सियो भन्ने वस्तुको उत्पादनमा भने कसैको ध्यान नजानु अचम्मको विषय बनेको छ । सानो होला सियो तर यही सियोले गर्ने कामबारे कसैले व्याख्या गर्न आवश्यक पनि छैन । त्यसैले सरकार र उद्योगीहरुले यस तर्फ ध्यान दिए सियोका लागि वाहिरिने करोडौ रुपैयाँ देश भित्र नै रहने थियो ।
 https://www.youtube.com/watch?v=sKSIkODcTfE  watch full news here. and Subscribe channel

No comments:

Post a Comment