टर्कीस एयरको टीके ७२६ बोइङ्ग विमान दुर्घटना भएर ग्राउण्डेड भएको एक वर्ष वितिसक्दा पनि अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाउने काम भएको छैन । गत वर्ष दुर्घटना भएको उक्त विमानका कारण ४ दिन सम्म सबै अन्तराष्ट्रिय उडान प्रभावित भएको थियो । तर दुर्घट्नाग्रस्त उक्त विमान अहिले सम्म पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा होल्ड गरेर राखिएको छ ।
विमानस्थलमा बोइङ्ग जहाज होल्ड गरेर राख्दा त्यसको महँगो शुल्क तिर्नुपर्छ । तर अहिलेसम्म पनि विमान होल्ड गरेर राखेको विमानबारे टर्कीस एयरलाईन्स र बिमा सम्बन्धीको विवादले त्रिभुवन अन्तराष्टिय विमानस्थलको पार्किङ क्षेत्रबाट उक्त विमान हटाउँन सकेको छैन । विमानस्थल कार्यालयको निस्क्रियताले पनि विग्रिएको विमान यति लामोसम्म अन्तराष्ट्रिय विमानस्थलमा थन्किएर बसेको हो । उक्त विमान २०७१ साल फागुण २० गते स्तानबुलबाट काठमाडौंका लागि २२४ यात्रु बोकेर काठमाडौँको लागि उडेको थियो । काठमाडौँमा विहान ७ बजेर १२ मिनेट जाँदा पहिलो पटक अवतरण गराउन लाग्दा भिजिविलिटि कम भएर आकाशमै होल्ड गरिएको थियो र ७ बजेर ४० मिनेटमा दोश्रो पटक अवतरण गर्दा अगाडिको पाङ्ग्रा पन्चर हुन पुगि धावन मार्गमा चिप्लिएर घासे मैदानमा पुगेर दुर्घटना भएको थियो । विमानमा सवार सबै यात्रुको सकुशल उद्धार गरियो तर विमान भने ग्राउण्डेड भयो । दुर्घटना ग्रस्त विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ४ दिनसम्म नराम्ररी प्रभावित समेत बनायो । यसले आन्तरिक तथा बाह्य सबै हवाइ उडानलाई असर गर्न पुग्यो । ४ दिनपछि भारतको रेस्क्यु विमान काठमाडौँ आएर उक्त विमानलाई हटाउन सहयोग ग¥यो र दुर्घटना भएको विमानलाई धावन मार्गबाट हटाएपछि एयरपोर्ट सञ्चालनमा आयो ।

तर, ७१ सालमा भएको दुर्घटना भएर ग्राउण्डेड भएको विमान ७३ सालसम्म आइपुग्दा पनि विमानस्थमै पार्क गरेर राखिएको छ । यसले नेपालका अन्य विमान राखिने ठाउँ ओगटेर बसेको छ । तर यसलाई हटाउनमा न टर्कीस एयरलाइन्स न त नागरिक उडडयन प्राधिकरण नै सक्रिय देखिएको छ । विमानस्थलको यो निस्क्रियताले विमानस्थल प्रशासन र नागरिक उडडयन प्राधिकरणमाथि नै प्रश्न चिन्ह खडा भएको छ । तर, त्रिभुवन विमानस्थलको प्रशासन भने विमान हटाउने कार्यमा लागिपरेको बताउँदै विमान नहटनुमा विमान र विमा कम्पनीबीचको लडाई मूख्य कारण भएको बताउँछन् । विमानस्थल कार्यालयका प्रबन्ध निर्देशक देवानन्द उपाध्यायले टर्कीस विमानबाट विमानस्थलको सेवाशुल्क नियमावली २०६७ को नियम ५ को उपनियम ३ अन्तर्गतको नियम बमोजिम २५ % को दरले पार्किङ्ग शु्ल्क लिएको बताउँनुभयो । प्रबन्ध निर्देशक देवानन्द उपाध्याय त्रिभुवन अन्तराष्ट्रिय विजमानस्थल
यसै त मुलुककै एक मात्र अन्तराष्ट्रिय विमानस्थल साँघुरो र अपर्यप्त भैरहेको गुनासो आइरहेको बेला विग्रिएको विमान एक वर्षभन्दा लामो समय विमानस्थल परिषरमै होल्ड गरेर राख्दा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । यसमा विमानस्थलको पहलमै कमजोरी भएकोमा कसैको दुई मत छैन । त्यसैले सम्बन्धित एयरलाइन्सलाई दवाव दिएर भए पनि यो समस्या छिटो भन्दा छिटो समाधन गर्नमा अब कुनै ढिलाइ गर्न हुदैन ।

To watch video of this news Please click on the link https://www.youtube.com/watch?v=igp3LrlfHMg do not forget to subscribe
No comments:
Post a Comment