Wednesday, June 8, 2016

सिंहदरवार परिसरमा रहेको संसद पुस्तकालय प्रयोजनहीन बन्दै


संसद पुस्तकालय, सरकारले संसदहरुको लागि ज्ञान अभिवृद्धि गर्नको लागि खोलिएको पुस्तकालय हो । तर, पुस्तकालयमा कमै मात्रामा सांसद पुग्ने गर्छन् । पुस्तकालयमा राखिएका विभिन्न सामाजिक, सांस्कृतिक, ऐतिहासिक र कानूनी पुस्तकहरु सांसदको पखाईमा बाटो हेरिरहेका छन् । नियमित हुने संसदको बैठकमा सहभागी हुन समेत नभ्याउने सांसदहरु पुस्तकालय पुग्न कसरी भ्याउनु ? 
सिहंदरवार भित्र व्यवस्थापिका संसद सचिवालयको कार्यालयमा एउटा पुस्तकालय छ । जसलाई संसद पुस्तकालयको नाम दिइएको छ । यो संसद पुस्तकालयमा राखिएको पुस्तकालय अभिलेख पुस्तक, जहाँ सांसदले पढ्न लिएर गएका र पढेका किताबको अभिलेख राखिने गरिन्छ । यो अभिलेख पुस्तकमा नेपाल मजदुर किसान पार्टीका सभाषद डिल्ली काफ्लेको नाम धेरै लेखिएको छ । उनी यहाँ दिनहुँ आउने गर्दछन् र पुस्तक पढ्ने गर्दछन् । यद्यपी सांसद, मन्त्रीहरुको लागि बनाइएको पुस्तकालय सांसदको प्रतिक्षामा छ । राजनीति, अर्थशास्त्र, समाज परिवर्तनका विषयमा लेखिएको थुप्रै पुस्तकहरु छन, यहाँ । फाट्टफुट रुपमा आउने सांसदहरु पनि थोरै समय मात्र व्यतित गर्ने गर्दछन् । पुस्तकालयको छेवैमा एउटा साइबर कक्ष छ । जहाँ सांसदहरुले चाहिएका किताबहरुको सन्दर्भ लिनका प्रयोग गर्दछन् । तर, त्यो पनि पुरै खाली छ ।
समय नभएर हो, या पुस्तकालय छ भन्ने थाहा नभएर हो या चाहना नभएर हो । जे सुकै कारण होस् अधिकांश समय पुस्तकालय खाली नै रहन्छ ।

यो पुस्तकालयमा साधाराण जनताको पहुँच छैन । जसको लागि भनेर पुस्तकालय स्थापना गरियो उनीहरु समेत यहाँ नआउँदा पुस्तकालय प्रयोजनहीन बनेको छ । माननीय सांसद तथा मन्त्रीहरु अनावश्यक कार्यक्रममा वा भेटघाटमा समय बिताउनुभन्दा पुस्तकालयमा जाने गरे बौद्धिक स्तर मात्र होइन बुझ्ने र बुझाउने क्षमताको पनि बिकास हुने थियो भन्न सकिन्छ । 

No comments:

Post a Comment